प्राधिकरणले तोक्यो जलाशय र अर्ध जलाशय आयोजनाको विद्युत् खरिद दर,  प्रतियुनिट १२ रुपैयाँ ४० पैसा

प्राधिकरणले तोक्यो जलाशय र अर्ध जलाशय आयोजनाको विद्युत् खरिद दर,  प्रतियुनिट १२ रुपैयाँ ४० पैसा

  • आइतवार, बैशाख २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, २४ वैशाख ।

नेपाल विद्युत् प्राधिकरणले बढी विद्युत् माग हुने समयमा विद्युत् उपलब्ध गराउने जलविद्युत् प्रवद्र्धकलाई प्रतियुनिट १२ रुपैयाँ ४० पैसा उपलब्ध गराउने भएको छ ।
प्राधिकरणले प्रस्ताव गरेको नयाँ विद्युत् खरिद दरअनुसार मङ्सिर १६ देखि जेठ १५ गतेसम्म सो महसुल उपलब्ध गराउने भएको हो । जलाशययुक्त आयोजना निर्माणका लागि प्रोत्साहित गर्ने लक्ष्यका आधारमा प्राधिकरणले जेठ १६ गतेदेखि मङ्सिर १५ सम्म प्रतियुनिट ६ रुपैयाँ ३ पैसामा विद्युत् खरिद गरिनेछ । छ महिनाको ऊर्जा कुल वार्षिक ऊर्जा उत्पादनको ५० प्रतिशत भएमा प्रतियुनिट ७ रुपैयाँ १० पैसामा विद्युत् खरिद गरिनेछ ।

यस्तै अर्ध जलाशयुक्त आयोजनाको हकमा पनि प्राधिकरणले नयाँ विद्युत् खरिद दर कायम गरेको छ । सुक्खायाम विशेषगरी मङ्सिर १६ गतेदेखि जेठ १५ सम्म पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने अर्ध जलाशयुक्त आयोजनालाई प्रतियुनिट रु ८.५० उपलब्ध गराउनेछ ।

त्यसमा एक घन्टासम्म दुई घन्टाभन्दा कम समय विद्युत् उपलब्ध गराए प्रतियुनिट ८ रुपैयाँ ५० पैसा, दुई घन्टादेखि तीन घन्टासम्मभन्दा कम प्रतियुनिट ८ रुपैयाँ ८० पैसा, तीन घन्टादेखि चार घन्टाभन्दा कम ९ रुपैयाँ ४० पैसा, चार घन्टादेखि छ घन्टासम्म नियमित विद्युत् विद्युत् उपलब्ध गराए १० रुपैयाँ ५५ पैसा प्रतियुनिटमा विद्युत् खरिद गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

अर्ध जलाशय आयोजना हुनका लागि न्यूनतम एक घन्टादेखि छ घन्टासम्म नियमित रुपमा विद्युत् उपलब्ध गराउनु पर्ने, मङ्सिर १६ देखि जेठ १५ सम्म ६ महिनाको ऊर्जा कुल वार्षिक ऊर्जाको न्युनतम् ३० प्रतिशत ऊर्जा हुनुपर्ने प्रावधान राखिएको छ ।

प्राधिकरणको नयाँ प्रावधानबाट निजी क्षेत्रका ऊर्जा उद्यमीलाई फाइदा पुग्ने विश्वास लिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी