काठमाडौं, २४ बैशाख ।
प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र बैद्ध नेतृत्वको क्रान्तिकारी माओवादीका दर्जनौ नेता कार्यकर्ता विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेस गरेका छन् ।
माओवादी केन्द्रका पोलिटव्युरो सदस्य श्यामबहादुर बोहोरा अटल सहितका दर्जन बढी केन्द्रिय सदस्यहरु विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ ।
त्यस्तै मोहोन बैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी तथा नेकपा माक्र्सवादीबाट वरिष्ठ उपाध्यक्ष जे.पि भुसाल, प्रवक्ता रोजन जरघा मगर,सचिवालय सदस्य नन्दलाई खरेल लगायत झण्डै १५ जना केन्द्रिय सदस्यसहित विप्लवको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेस गरेका छन् ।
राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा अयोजित ‘क्रान्तिकारी कम्युनिष्ट धु्विकरण कार्यक्रम’मा विभिन्न पार्टीबाट नेकपामा प्रवेश गर्ने सबै नेताहरुले क्रान्तिको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओली, असारे काका लगायतले नव आगन्तुकलाई स्वागत गर्नुभएको थियो ।
