पैदल यात्रुलाई महानगरीय ट्राफिक प्रहरीद्वारा जनचेतनामूलक शिक्षा

पैदल यात्रुलाई महानगरीय ट्राफिक प्रहरीद्वारा जनचेतनामूलक शिक्षा

  • आइतवार, बैशाख २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, बैशाख २४ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभाबी बाटो काट्ने तथा बाटामा हिँड्ने व्यक्तिलाई ट्राफिक जनचेतनामूलक शिक्षा प्रदान गरेको छ ।
महाशाखाले आज बिहान सुन्धाराबाट सुरु गरेको पदयात्रा टुडिँखेल क्षेत्र परिक्रमा गरी शान्तिवाटिकामा सम्पन्न गरी पैदल यात्रुलाई ‘काठमाडौं उपत्यकामा ध्वधि निषेध गरौँ, फुटपाथको प्रयोग गरौँ, जेब्रा क्रसिङ र आकासे पुलको प्रयोग गरौँ’ जस्ता नाराका साथ ट्राफिक जनचेतनामूलक शिक्षा प्रदान गरेको हो ।

सो अवसरमा नेपाल यातायात राष्ट्रिय महासङ्घ र विभिन्न ट्रेड युनियनका पदाधिकारीको सहभागिता थियो । सहभागीले आकासे पुल र फुटपाथमा बसेर सडक प्रयोगकर्तालाई सम्झाइबुझाइ गरेका थिए ।

महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मिङमार लामाले उपत्यकामा हुने दुर्घटनामध्ये ४० प्रतिशत पैदलयात्रुसँग सम्बन्धित हुने जानकारी दिँदै यसको न्यूनीकरणका लागि सो अभियान चलाइएको बताएका छन् । उनले भने, ‘बैशाखभर हामी जनचेतनामूलक शिक्षा प्रदान गछौँ, त्यसमा पनि पैदलयात्रुले नमाने जेठदेखि रु दुईसय जरिवाना लिन्छौँ ।’

महाशाखाले ट्राफिक क्षेत्रलाई व्यवस्थित गर्न काठमाडौं महानगरपालिकासँग मिलेर बैशाख १ गतेदेखि हर्न निषेधसमेत गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ