काठमाडौं, बैशाख २४ ।
काठमाडौंको बिजुली बजारमा गएराति कार दुर्घटना हुँदा धनकुटा स्थायी घर भई हाल शान्तिनगर बस्ने चन्द्र निरौलाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।
तीनकुनेबाट बबरमहलतर्फ आइरहेको बा१६च ८६०३ नम्वरको कार पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका निरौलाको नयाँ बानेश्वरस्थित एभरेष्ट नर्सिङहोममा उपचारका क्रममा निधन भएको प्रहरी प्रभाग बानेश्वरले जनाएको छ ।
घाइते भएका भक्त तामाङ र गणेश खत्रीको उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline