धादिङ ,२४ बैशाख ।
धादिङमा आचरण विपरित गतिविध गरेको भन्दै प्रहरी हवल्दार सहित ७ जना लाई निलम्वन गरिएको छ ।
स्थानीय निर्वाचनमा सुरक्षार्थ हेटौंडा स्थित रातामाटे गणवाट गएका ती प्रहरीले मदिरासेवन गरी होहल्ला गरेको पुष्टि भएपछि थप अनुसन्धानका लागि आज निलम्वन गरिएको हो ।
मध्यक्षेत्रिय प्रहरी प्रमुख डिआईजी गणेश केसी निरीक्षणमा आएका बेला होहल्ला गरेको देखेपछि उनीहरुलाई निलम्वन गरिएको जिल्ला प्रहरीले जनाएको छ ।
निर्वाचन सुरक्षार्थ जिल्लामा ५ सय प्रहरी बाहिरि जिल्लाबाट ल्याइएको छ । उनीहरुलाई सदरमुकामस्थित मिनीकभर्ड हलमा बस्ने व्यवस्था मिलाईएको छ । सोहि स्थानमा ती प्रहरीले दैनिक मदिरा सेवन गरि हो हल्ला गर्ने गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline