भक्तपुरमा आगलागीबाट पाँच घर नष्ट

भक्तपुरमा आगलागीबाट पाँच घर नष्ट

  • आइतवार, बैशाख २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

भक्तपुर, २४ बैशाख ।
भक्तपुर नगरपालिका तीन स्थित टेखापुखु टोलमा भएको आगलागीबाट पाँँच घर जलेर नष्ट भएका छन् । गए राती मध्य रातमा लागेको आगोको कारण पाँच घर पूर्ण रुपमा जलेर नष्ट भएको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।

आगलागीको कारण हालसम्म खुल्न नसेकेतापनि मध्ये रातमा लागेको आगो नियन्त्रण लिन उपत्यकाका तीनै जिल्लाका दमकलको प्रयोगका साथै भक्तपुर नगरपालिका, नेपाल प्रहरी, शस्त्र प्रहरी बल, नेपाली सेनाका साथै स्थानीयहरुका साथ स्थानीयको टयाँकर प्रहयोग गरि बिहान आगो नियन्त्रण लिएको प्रहरीले जानकारी दिएको छ ।

उक्त आगलागीमा टेखापुखका इन्द्र शिल्पकार, कृष्णप्रसाद शिल्पकार, दानबहादुर शिल्पकार, चन्द्रलाल शिल्पकार र पुरुषोत्तम शिल्पकारको घर जलेर सम्पूर्ण भौतिक सामानहरु नष्ट भएको छ ।

आगलागीमा मानवीय क्षति नभएको र क्षति भएको भौतिक सामानको एकिन विवरण आउन नसकेको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ