चितवन ल्याइएका दुई वटा बाह्रसिङ्गे म¥यो

चितवन ल्याइएका दुई वटा बाह्रसिङ्गे म¥यो

  • शनिबार, बैशाख २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

चितवन, बैशाख २३ ।
शुक्लाफाँटाबाट चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको दुई वटा बाह्रसिङ्गे मरेको छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मानबहादुर खड्काले निकुञ्जमा ल्याइएकामध्ये दुई वटा पोथी बाह्रसिङ्गे मरेको जनाएको छ ।

एउटा बाह्रसिङ्गे ल्याएकै दिनमा मरेको हो भने अर्को ल्याएको एक दिनपछि मरेको हो । टाढाबाट १६, १७ घन्टाको यात्रामा ल्याइएकाले दबाब परेको र गर्मी पनि बढेकाले बाह्रसिङ्गे मरेको अनुमान गरिएको निकुञ्जले जनाएको छ ।

बाह्रसिंगे अति संवेदनशिल जनावर हो । गर्मी बढेकाले अहिले स्थानान्तरण प्रक्रिया स्थगित गरिएको चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिएका छन् । उनका अनुसार निर्वाचनमा कर्मचारी पनि खटाउनु पर्ने अबस्था आएकाले पनि कार्यक्रम रोक्नु परेको हो ।

चितवन निकुञ्जमा ल्याइएको सात मध्य २ वटा बाह्रसिंगे मरेपछि पाँच वटा मात्रै रहेका छन् । जसमा २ भाले र ३ पोथी रहेको अर्यालले बताए ।

कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा ५ भाले सहित २५ वटा बाह्रसिंगे ल्याउने योजना छ । जाडो मौसमको उपयुक्त समयमा अन्य बाह्रसिंगे ल्याईने निकुञ्ज विभागका महानिर्देशक खड्काले बताएका छन् ।

यही वैशाख १३ गतेदेखि बाह्रसिंगेलाई स्थानान्तरणको काम सुरु भएको थियो । बाह्रसिंगे नियन्त्रणमा लिन चितवन निकुञ्जका बरिष्ठ पशु चिकित्सक कमल गैंरेको नेतृत्वमा बर्दिया र शुक्लाफाँटाका कर्मचारी तथा प्राविधिकहरु गरी ३० जनाको टोली खटिएका थिए ।

सरकारी निर्णय अनुसार प्रजाती संरक्षण र विस्तारका लागि यसरी स्थानान्तरण गरिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताएका छन् । चितवन निकुञ्ज भित्रको पुरानो पदमपुरमा ३० हेक्टर क्षेत्रमा तारबार लगाएर अर्ना र बाह्रसिंगे राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ