एकैसाथ तीनवटा ग्रामीण बस्तीमा खानेपानी आयोजना निर्माण

एकैसाथ तीनवटा ग्रामीण बस्तीमा खानेपानी आयोजना निर्माण

  • शनिबार, बैशाख २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

म्याग्दी, बैशाख २३ ।
म्याग्दी जिल्लाको तीनवटा ग्रामीण बस्तीमा उपभोक्ता समितिद्वारा कुल लागतको ३५ प्रतिशत श्रमदान गरेर एकै साथ खानेपानी आयोजना निर्माण भएको छ ।

जिल्ला समन्वय समिति अन्तर्गत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत निर्माण भएको थियो ।

अन्नपूर्ण गाउँपालिका– ६ घारमा बिरौटा, मङ्गला– २ तल्लो हिदीमा पात्लेपानी र मालिका– ४ ओखरबोटमा खालखोला खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको उक्त परियोजनाले जनाएको छ ।

एक करोड १६ लाख ७५ हजार एक सय ४५ रुपैयाँको लागतमा निर्माण भएको तीनवटा आयोजनाबाट एक सय १९ घरधुरीका सात सय ७३ जनसङ्ख्या लाभान्वित भएको परियोजनाका सल्लाहकार थरेन्द्र पौडेलले जनाएको छ ।

यसै महिना सञ्चालनमा आएका तिनवटै आयोजनामार्फत प्रभावित क्षेत्रका सबै उपभोक्ताको घरमा निजी धारा जडान भएको छ । परियोजना, जिल्ला समन्वय समिति र गाउँपालिकाको अनुदान सहयोगमा उपभोक्ताले श्रमदान गरेर आयोजना निर्माण गरेका हुन् ।

सार्वजनिक धारा र असुरक्षित मुहानको पानी खानेपानी उपभोग गर्दै आएका सर्वसाधारणको घरमै धारा जडान भएपछि समयको बचतसँगै दैनिकी सहज भएको बिरौटा खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष ठाकुर बरुवालले बताए ।

उनकाअनुसार पानीको मितव्ययी प्रयोग र आयोजनाको दिगो सञ्चालनका लागि मिटर जडान तथा मासिक न्युनतम शुल्क निर्धारण गरिएको छ । यस परियोजनामार्फत म्याग्दीमा थप अन्य चारवटा खानेपानी आयोजना निर्माणाधीन रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ