मेयरकी उम्मेदवार दाहालको गाडीमा आगजनी र एमाले उम्मेदवार पौडेलको गाडी तोडफोड

मेयरकी उम्मेदवार दाहालको गाडीमा आगजनी र एमाले उम्मेदवार पौडेलको गाडी तोडफोड

  • शनिबार, बैशाख २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, बैशाख २३ ।
स्थानीय तहको निर्वाचनका लागि प्रचार प्रसार गर्ने क्रममा आज बिहान भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेणु दाहालको गाडीमा आगजनी भएको छ । प्रहरीले जनाएअनुसार भरतपुरस्थित हाकिम चौकमा चुनावी प्रचारमा रहेको गाडीमा आगजनी भएको छ । अज्ञात समूहले आगजनी गरेको बताईए पनि विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

यसैबीच, धादिङमा एमाले उम्मेदवारको सवारी साधनमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । धादिङको थाक्रे गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष उम्मेदवार राजकुमार पौडेलको सवारी साधनमा अज्ञात समूहले आगजनी गरेको हो ।

घर अगाडि पार्किङ गरेर राखेको बा. ९ च ८९२९ नम्बरको गाडीको सिसा फुटाई आगजनी गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । गाडीमा कसले आगजनी गरेको हो भन्ने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ