काठमाडौं, बैशाख २२ ।
नयाँ शक्ति पार्टीका उम्मेदवार मदन गिरी अपहरणमा परेको खबर गलत भएको छ । उम्मेदवार गिरी ललितपुरको गोदाबरीमा भेटिएका छन् ।
नयाँ शक्तिले नागार्जुन नगरपालिका वडा. नम्बर ७ मा वडाध्यक्षको उम्मेदवार बनाएका मदन गिरी अपहरणमा परेको बताएको थियो ।
उनी शुक्रबार बिहान आफैं सम्पर्कमा आएको प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी छविलाल जोशीले जानकारी दिएका छन् ।
प्रहरीले गिरी साँच्चिकै अपहरणमा परेको वा चर्चामा आउन अपहरणको नाटक गरेको हो कि भन्नेबारे अनुसन्धान थालेको जनाएको छ । गिरीले चार जनाको समूहले आफूलाई अपहरण गरेको भन्दै सबैतिर एसएमएस गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline