काठमाडौं, २२ बैशाख । स्थानीय चुनाब नजिकिदै जाँदा नेपाल कम्युनिष्ट पार्टीले चुनाव खारेज अभियानलाई तिब्र पारेको छ । यसैक्रममा नेपाल कम्युनिष्ट पार्टीले चुनाव हुन नदिने भन्दै राजधानी संगै जोडिएको चन्द्रागिरी नगरपालिकाबाट मेयेरमा उमेद्वारी दिएका श्री कृष्ण महर्जन ,माओवादी केन्द्र, उपमेयेरका उर्मिला रोक्का माओवादी केन्द्र , नेपाली कांग्रेस बाट मेयेरका घनश्याम गिरि ,राष्ट्रिय प्रजातन्त्र पार्टी बात मेयेरका मदन थापा मगर र एमाले बाट वडा वडा अधक्ष्यमा नारायण महर्जनका घरमा शुक्रबार बिहानै कालो झण्डा गाडेका छन् ।
चुनाव बहिस्कारको रणनीति अनुसार चैत २४ गतेदेखि उनीहरुले सो अभियान सुरु गरेका हुन् ।
चुनाब केद्रित खारेजी अभियान तिब्र बनाउदै लागेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता विष्णु कुमार महर्जन “नारायण” लाई बिहिबार दिउँसो १२ बजे विनाकारण प्रहरीले गिरफ्तार गरेको छ ।
किर्तीपुरको नयाँ बजारमा हिँडिरहेको अवस्थामा उहाँलाई प्रहरीले गिरफ्तार गरि महानगरीय प्रहरी वृत्त टेकुमा राखिएको छ ।
प्रचण्ड नेतृत्वको सराकरले चुनाव बिरिधि गतिविधि निश्तेज पार्न नेकपाका नेता तथा कार्यकर्ताहरुलाई देशैभरी विनाकारण प्रहरीले गिरफ्तार गर्ने क्रम बढेको छ ।