सरकारले दुई करोड थान एलइडी बल्ब खरिद गर्ने

सरकारले दुई करोड थान एलइडी बल्ब खरिद गर्ने

  • बिहिबार, बैशाख २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, २१ वैशाख । सरकारले दुई करोड थान एलइडी बल्ब खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले करिब २०० मेगावाट विद्युत् बचत गर्ने लक्ष्यका साथ एलइडी बल्ब खरिद गर्ने निर्णय गरेको हो ।

देशभर कम बिजुली खपत गर्ने एलइडी बल्ब वितरण गर्ने प्राधिकरणको योजना छ । त्यसका लागि नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा भएको सम्झौताअनुसार ऊर्जा मन्त्रालयले भारतीय सरकारी कम्पनीबाट दुई करोड थान एलइडी बल्ब किन्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिएको थियो ।

मन्त्रिपरिषद्मा तीन महिना पहिले पेस भएको प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयको समेत स्वीकृतिमा पारित गरिएको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो ।

गत फागुन ३ गते बसेको नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा भारतले नेपाललाई सस्तो मूल्यमै नै एलइडी बल्ब उपलब्ध गराउने सहमति जनाइएको थियो । प्राधिकरणले भारतको ऊर्जा मन्त्रालयअन्तर्गतको इनर्जी इफिसेन्सी सर्भिस लिमिटेडबाट एलइडी बल्ब खरिद गर्ने योजना बनाएको छ ।

ग्राहकले विद्युत्को महसुल तिर्न आउँदा नै बल्ब उपलब्ध गराउने प्राधिकरणको योजना रहेको प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो । भारतीय रुपैयाँ ६५ प्रति बल्ब पर्ने भए पनि विभिन्न कर तथा भन्सार शुल्क जोड्दा रु १२५ पर्नेछ । खुला बजारमा सो बल्बको मूल्य रु ३५० देखि रु ४०० सम्मपर्ने गरेको छ । एलइडी बल्ब खरिदका लागि रु दुई अर्ब खर्च हुने ऊर्जा मन्त्रालयको भनाइ छ ।

दुई करोड थान एलइडी बल्ब वितरण गर्न सकिए २०० मेगावाट विद्युत् बचत हुने र सरकारको रु ४० अर्ब बचत हुने जनाइएको छ । ती बल्ब सात र नौ वाटका छन् । प्राधिकरणका अनुसार एलइडी बल्बले चार गुणासम्म बिजुली बचत गर्छ । १५ वाटको सिएफएलले दिने बराबरको प्रकाश पाँच वाटको एलइडीले दिने प्रवक्ता अधिकारीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी