एमालेकाे चुनावी सभामा आक्रमण ,काँग्रेसका कार्यकर्ताले आक्रमण गरेको आरोप

एमालेकाे चुनावी सभामा आक्रमण ,काँग्रेसका कार्यकर्ताले आक्रमण गरेको आरोप

  • बिहिबार, बैशाख २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

जाजरकोट, २१ वैशाख । कुशेगाउँपालिका–१ काफलवाटामा आयोजना भएको नेकपा (एमाले)को चुनावी सभामा आक्रमण भएको छ ।

नेपाली काँग्रेसका कार्यकर्ताले आक्रमण गरेको आरोप एमालेको छ । सभामा एमालेका कार्यकर्ताले चुनावी घोषणापत्र पढिरहेका बेला काँग्रेसका प्रितिबहादुर शाहीको नेतृत्वमा आएका कार्यकर्ताले आक्रमण गरेको एमालेका स्थानीय नेता प्रमोद विश्वकर्माले बताउनुभयो । आक्रमणबाट एमालेका तीन कार्यकर्ता घाइते भएको सो पार्टीले जनाएको छ ।

उहाँका अनुसार चक्कु प्रहारबाट शेरबहादुर सिंह घाइते भएको तथा ढुङ्गा प्रहारबाट भीमबहादुर चलाउनेको बायाँ हात र सन्दिप विकको दायाँ खुट्टामा चोट लागेको छ । आक्रमणपछि औपचारिक कार्यक्रम स्थगित भएको एमालेले जनाएको छ ।
घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ