काठमाडौं २१ बैसाख ।
निर्वाचन आयोगले निर्वाचनको दिन बैशाख ३१ गते सवारी चलाउन आयोगको अनुमती लिनुपर्ने बताएको छ । उक्त दिन आयोगले सवारी साधन चलाउनलाई अनुमतिपत्र उपलब्ध गराउने सम्वन्धी कार्य्विधि समेत स्वीकृत गरेको छ ।
आयोगले स्थानीय तहको पहिलो चरणको वैशाख ३१ गते हुने निर्वाचनमा उम्मेदवार, सुरक्षाकर्मी, राष्ट्रिय पर्यवेक्षक, अनुगमनकर्ता, कुटनीतिक नियोग तथा आयोगबाट आमन्त्रित विशिष्ट पाहुनाले प्रयोग गर्ने सवारी साधानको लागि विशेष पास उपलब्ध गराउने सम्वन्धि कार्य्विधि स्वीकृत गरेको छ ।
मतदानको दिन आवागमन व्यवस्थापन गर्न आयोगबाट स्वीकृत कार्ययोजनामा हलुका सवारी साधन वा मोटर साइकल प्रयोग गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको हो । आयोगले उम्मेदवारले सम्वन्धित तहको निर्वाचन अधिकृतको कार्यालयको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिएर सवारी साधान प्रयोग गर्न पाउने छन् ।