रातो मत्स्येन्द्रनाथको रथ चक्रबहीमा

रातो मत्स्येन्द्रनाथको रथ चक्रबहीमा

  • बिहिबार, बैशाख २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, बैशाख २१ ।
वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आज ललितपुरको चक्रबही पु¥याइएको छ ।

रथ बैशाख १७ गते वैशाख शुक्ल चतुर्थीका दिनदेखि ललितपुरको पुल्चोकबाट तान्न सुरु गरिएको थियो । बैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन गोदान गरी भोलिपल्ट अर्थात् बैशाख शुक्ल चतुर्थीका दिनदेखि रथ तान्ने परम्परा छ । पहिलो दिन रथ गाबहालसम्म पु¥याइएको थियो । सोमबार रथ गाबहालदेखि मंगलबजारसम्म र मंगलबार मंगलबजारबाट रथ तानेर सुन्धारासम्म पु¥याइएको हो ।

बुधबार एक दिन रथ सुन्धारामा राखिने परम्परा रहेको गुठी संस्थान ललितपुरका कार्यालय प्रमुख वैकुण्ठ आचार्यले जानकारी दिएका छन् । बुधबार सुन्धारामा राखिएको रथ आज त्यहाँबाट तानेर चक्रबहीसम्म ल्याइएको हो ।

शुक्रबार चक्रबहीबाट रथ तानेर लगनखेलमा पु¥याइन्छ । रथ शनिबार लगनखेलमा राखेर महाबलिसहित पूजा गरिन्छ । आइतबार रथलाई लगनखेल र थटीटोलका बीचमा लगी नरिवल जात्रा गरिन्छ । सोमबार बिहान महिला मात्रले रथ तानेर थटीटोल लैजाने गरिन्छ ।

रथ थटीटोलमा पुगेपछि साइत हेरेर अघि बढाइन्छ । राजा गुणकामदेवका पालामा १२ वर्षसम्म अनिकाल भएपछि कामरूप कामाक्षाबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको किंवदन्ती छ । एक हजार चार सय वर्षअघि मत्स्येन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएपछि वर्षा भई सहकाल सुरु भएको विश्वास रहिआएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ