काठमाडौं ,वैशाख २१ ।
ब्यवस्थापिका संसदको आजको बैठक सूचना टाँसेर स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक अबरुद्ध गर्ने संकेत देखिएपछि सभामुख ओनसरी घर्तीले भोली बिहान ११ बजेसम्मका लागि स्थगित गर्नुभएके हो ।
एमालेले प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध सत्तारुढ दलका सांसदले दर्ता गराएको महाअभियोग प्रस्ताव फिर्ता नलिए संसद चल्न नदिने अडान लिएको थियो । सरकारले महाअभियोग प्रस्ताव ल्याएर न्यायपालिकामाथि ठाडो हस्तक्षेप गरेको उसको ठहर छ ।
संसदको आजको कार्यसूचीमा कार्की्विरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलको दिन र समय तोक्ने उल्लेख थियो ।
नेपाली कांग्रेस र माओवादी केन्द्रका २ सय ४९ जना सांसदले गत आइतवार संसद सचिवालयमा दर्ता गराएको महाअभियोग प्रस्तावमाथि छलफलको समय तोक्दै सभामुख ओनसरी घर्तीले आजको बैठकबाट सो प्रस्ताव संसद भित्र प्रवेश गराउन लाग्नु भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग बिहान भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव फिर्ता लिन आग्रह गर्दै नभए संसद चल्न नदिने बताउनुभएको थियो ।
गत आइतवारको संसद बैठकबाट सरकारले संविधान संशोधन विधेयक पारित गर्ने तयारी गरेपनि आवश्यक दुई तिहाई नपुग्ने भएपछि आजका लागि सारेको थियो । यद्यपी आजको कार्यसूचीमा संशोधन विधेयक भने समावेश गरिएको थिएन ।