बुद्धशरण शाहि /काठमाण्डौ , २१ बैशाख ।
काठमाण्डौ महानगरपालीकाको नगर प्रहरी महाशाखाले राजधानीको भित्री ब्यस्त बजार न्युरोड क्षेत्रका फुटपाथमा रहेका टहराहरु हटाएको छ ।
ब्यावसायीले न्युरोड , असन , खिच्चापोखरी ,सुन्धारा आसपास अनाधिकृत रुपमा निर्माण गरि ब्यापार ब्यावसाय सन्चालन गर्दै आएका टहराहरु आज महाशाखाले हटाएको हो ।
आज बिहान ११ बजे देखि नेपाल प्रहरीको सहयोगमा नगर प्रहरीको टोलीले उक्त टहराहरु हटाएको हो ।
नगर प्रहरी सहायक निरिक्षक पुर्ण चन्द्र भट्टको नेतृत्वमा गएको टोली ती क्षेत्रमा रहेका टहराहरु हटाउने क्रममा ब्यावसायी र स्थानीय क्लबहरुले केहि बेर बिबाद समेत गरेका थिए ।
सो क्रममा उक्त क्षेत्रहरु केहिबेर तनाबग्रस्त भएका थिए । यस्तै खिच्चापोखरीमा रहेका बिभिन्न क्लबले सन्चालन गर्दै आएका ब्यावसायीक टहराहरुलाई पनि आज साझ सम्म हटाउन महानगरले निर्देशन दिएको छ ।
आज सम्म नहटाईने ती महानगरले आफै भत्काउने नगर प्रहरी सहायक निरिक्षक भट्टले जानकारी दिनुभयो ।
काठमाण्डौ महानगर भित्र अनाधिकृत रुपमा रहेका सबै टहराहरु आगामि १५ दिन भित्र हटाएर खालि गराउने महाशाखा प्रमुख बिष्णु जोशीले जानकारी दिनुभयो ।
