चितवन, बैशाख २१ ।
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले गएराति तीनजनालाई नियन्त्रणमा लिएको छ ।
मनोनयन दर्ताको काम सकाएर प्रचार प्रसारमा लागेका विभिन्न दलका उम्मेदवारलाई जबर्जस्ती मनोनयन फिर्ता लिन लगाउने, घरमा कालो झन्डा गाड्ने लगायतका काम गरेको भन्दै प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी इलाका इन्चार्ज रघुवीर शर्मा, रामबहादुर लामा र रोशन कार्कीलाई पक्राउ गरेको हो ।
उनीहरूले गएराति खैरहनी नगरपालिकाका प्रमुख र उपप्रमुखको घरमा कालो झन्डा गाड्ने, मनोनयन फिर्ता लिन पत्र बुझाउने लगायतका काम गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिएका छन् ।
उनीहरूले चन्दा आतङ्कसमेत मच्चाउने काम गरेकाले प्रचलित कानुनअनुसार कारबाही गरिने थापाले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline