सेती आयोजनाको ५० प्रतिशत बढी मुआब्जा वितरण

सेती आयोजनाको ५० प्रतिशत बढी मुआब्जा वितरण

  • बुधबार, बैशाख २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ,२० वैशाख ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ  सेती जलविद्युत् आयोजनाले हालसम्म ५० प्रतिशत भन्दा बढी मुआब्जा वितरण गरेको छ ।

हिजो र आज दुई दिन थप रु ११ करोड मुआब्जा वितरण गरिएको मुआब्जा वितरण भएको आयोजनाका सञ्चार विज्ञ सचेन गौतमले जानकारी दिनुभयो ।

त्योसँगै आयोजनाको प्रभावित एवम् डुबान क्षेत्रका प्रभावितलाई वितरण गर्नुपर्ने रु ६० करोड मुआब्जमध्ये हालसम्म रु ३२ करोड मुआब्जा वितरण सकिएको छ ।

यसअघि रु २१ करोड मुआब्जा वितरण भइसकेको छ । कुल १४० मेगावाट क्षमताको सो आयोजनाको जलाशयबाट डुबानमा पर्ने जग्गाको मुआब्जा र त्यसमा रहेका घर, गोठ, टहरा, फलफूल तथा रुख बिरुवाको क्षतिपूर्ति वितरण गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाले गत फागुन ५बाट मुआब्जा वितरण सुरु गरेको थियो । सरकारले चालु आर्थिक वर्षमा मुआब्जा वितरणका लागि रु ४२ करोड विनियोजन गरेको छ ।

डुबान क्षेत्रमा पर्ने करिब एक हजार दुई सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । आयोजनाको बाँध बनेपछि बन्ने जलशायले तनहुँका भिमाद, माझकोट, ऋषिङ रानीपोखरी, साभुङ भगवतीपुर, कोटदरबार, जामुने र छाङ क्षेत्रका जग्गा डुबानमा पर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी