महेन्द्रनगरमा आयुर्वेद कलेजको माग

महेन्द्रनगरमा आयुर्वेद कलेजको माग

  • बुधबार, बैशाख २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

बैशाख २०, काठमाडौं । महेन्द्रनगरको सर्वदलीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी महेन्द्रनगरमा आयुर्वेद कलेज स्थापना गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
बुधबार बिहान मन्त्री रमेश लेखकसहित प्रधानमन्त्री भेट्न आएको सर्वदलीय टोलीले महेन्द्रनगरमा नेपाल संस्कृत विश्वविद्यालयको नाममा ८.५ बिघा जमिन रहेको, उक्त जमिनमा आयुर्वेद कलेज स्थापना गर्न जिल्लाका सबै दल, सामाजिक संघसंस्था सहमत भएको र संस्कृत विश्वविद्यालयले समेत आफ्नो आङ्गिक कलेजका रुपमा आयुर्वेद कलेज सञ्चालन गर्न तयार भएकाले आगामी बजेटमा कलेज सञ्चालनका लागि आवश्यक प्रबन्ध गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको छ ।
ज्ञापनपत्र बुभ्mदै प्रधानमन्त्रीले भन्नुभयो, ‘प्राविधिक शिक्षा हाम्रो विकासको महत्वपूर्ण आधार हो । हाम्रा बहुमूल्य जडीबुटीहरु सस्तो मूल्यमा विदेशी बजारमा गइरहेका छन् । तिनीहरुको नेपालमै प्रशोधन र औषधि उत्पादन गर्नैपर्छ । त्यसका लागि पनि देशैभरी आयुर्वेद कलेजहरु स्थापना गर्न जरुरी छ । आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा आयुर्वेद कलेजको स्थापना गर्न मेरो तर्फबाट पहल हुन्छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी