निर्वाचन खर्च बिबादमा धादिङकी महिला उम्मेदवारले गरिन् आत्माहत्या

निर्वाचन खर्च बिबादमा धादिङकी महिला उम्मेदवारले गरिन् आत्माहत्या

  • बुधबार, बैशाख २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

धादिङ, बैशाख १९ ।

स्थानीय तह चुनाव लड्ने तयारीमा रहेकी धादिङकी महिला उम्मेदवार बिना मिजार मृत फेला परेकी छन् ।

धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ३ मा दलित आरक्षण कोटाबाट महिला सदस्यमा उम्मेदवार मिजार झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

३५ वर्षकी मिजारलाई नेकपा एमालेले वडा नम्बर तीनको दलित महिला उम्मेदवार बनाएको थियो । मिजार आज बिहान करिब ९ बजे झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

मिजारको हिजो साझ परिवारमा निर्वाचन मा लाग्ने खर्चका बिषयमा बिबाद भएको र आज आत्मात्य गरेको बताईएको छ ।

तर आत्महत्या गरेको हो वा हत्या हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको धार्केका प्रहरी निरीक्षक जीवन निरौलाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ