बैशाख २५ देखि ३४ जिल्लाका सम्पूर्ण विद्यालय बन्द

बैशाख २५ देखि ३४ जिल्लाका सम्पूर्ण विद्यालय बन्द

  • बुधबार, बैशाख २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, बैशाख २० ।
स्थानीय तहको पहिलो चरणको चुनाव हुने भएकाले ३४ जिल्लाका सबै शैक्षिक संस्थाको पठनपाठन बैशाख २५ गतेदेखि एक साताका लागि बन्द हुने भएको छ ।

२०७४ साल बैशाख ३१ गते आइतबार हुने स्थानीय तहको निर्वाचनको लागि मतदानकेन्द्र विद्यालय भवनमा राखिएकाले बैशाख २५ गते देखि मतदान सम्पन्न नभएसम्म पठनपाठन, परीक्षा सञ्चालन र सबै शैक्षिक क्रियाकलाप स्थगन गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले लाईभ अफ नेपाललाई बताएका छन् ।

निर्वाचन आयोगले सरकारलाई दिएको निर्देशन स्वरुप शिक्षा मन्त्रालयले बैशाख २५ गते बाट प्रदेश नम्बर ३,४ र ६ का विद्यालयमा पठनपाठन बन्द गरिने छ ।

निर्वाचन दुई चरणमा हुने भएकाले बाँकी जिल्लाका हकमा भने आयोगको निर्देशन दोस्रो चरणमामा मात्रै लागु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ