काठमाडौं, वैशाख २० ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ गुर्जुधारमा आज विहान इनार सफा गर्ने क्रममा अचेत भएका एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुर पालुङ्गका २९ वर्षीय शीतल तामाङ्ग रहेका छन् । विहान पौने ८ बजे गुर्जुधारा स्थित दुर संचार नजिकैका रविन्द्र घिमिरेको घरको इनार सफा गर्ने क्रममा अचेत भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
इनारभित्र अक्सिजनको कमीले अचेत भएका तामाङ्गको उपचारको क्रममा सशस्त्र प्रहरी अस्पताल सतुङ्गलमा विहान पौने ९ बजे मृत्यु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline