काठमाडौं, वैशाख २०।
ललितपुरको इमाडोलमा आज बिहान लागेको आगलागीमा परि एकै परिवारका तीनजना घाइते भएका छन् ।
इमाडोलको कृष्ण मन्दिर नजिक पर्ने ढुंगेसाँघु भन्ने स्थानमा रहेको झोला बनाउने कारखानामा बिहान चार बजेतिर आगो लागेको प्रहरीले जनाएको छ ।
आगलागीमा परी सोहि कारखानमा बस्ने सुशीला सापकोटा, उहाँकी छोरी १४ वर्षिया शुभेच्छा र १२ वर्षिय छोरा सुलभ घाइते भएका प्रहरीले जनाएको छ ।नीहरुको इमाडोलमा रहेको किस्ट अस्पतालमा उपचार भइरहेको छ ।
अगालागीका कारण एक करोड ६५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । आगलागी झण्डै चार घण्टापछि नियन्त्रणमा लिइएको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline