काठमाण्डौ ,२० बैशाख ।
राष्ट्रिय योजना आयोगले आज आगामि आर्थिक बर्षको वजेट तयारी र चालु बर्षको विकास खर्चबारे समिक्षा गर्दै छ ।
वजेट कार्यान्वयनमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितीमा योजना आयोगले छलफल गर्न लागेको हो ।
सिंहदरबारमा बिहान ११ बजेपछि बस्ने बैठकमा विकास खर्चमा देखिएको समस्या , राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा भईरहेको प्रगति र अर्थमान्तरका बिषयमा छलफल हुने जनाईएको छ ।
चालु आर्थिक बर्षको वजेट समयमै आएपनि यो बर्ष विकासतर्फ जम्मा २९ प्रतिशत अर्थात ९१ अर्ब रुपैया हाराहारिमा मात्र खर्च भएके छ ।
समयमै वजेट आएपनि खर्च गर्ने परिपाटी पुरानै तरिकाले भएकाले प्रधानमन्त्रीले यसबारे चासो राख्नुभएको जनाइएको छ ।
सरकारले चालु आर्थिक बर्षमा विकास तर्फ ३ खर्ब ११ अर्ब रुपैया विनियोजन गरेको थियो । आजको बैठकमा जिल्ला विकास समिति अन्तरगत हुने खर्चको पारदर्शीताबारे समेत छलफल हुने आयोगले जनाएको छ ।