डीभी चिठ्ठाको परिणाम सार्वजनिक, परिणाम यसरी हेर्नुस्

डीभी चिठ्ठाको परिणाम सार्वजनिक, परिणाम यसरी हेर्नुस्

  • बुधबार, बैशाख २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, बैशाख २० ।
अमेरिकाको इलेक्ट्रोनिस डाइभर्सिटी भिसा (ईडीभी) २०१८ को नतिजा गएराति गत वर्ष भरिएको डीभीको नतिजा सार्वजनिक भएको छ । गत वर्ष ४ अक्टोबर २०१६ देखि ७ नोभेम्बर २०१६ सम्म डीभीको लागि आवेदन खुला भएको थियो । नतिजा डीभी लट्टरी डट स्टेट डट जीओभीमा गएर हेर्न सकिन्छ ।

नतिजा हेर्नका लागि डीभी भर्दा पाएको कन्फर्मेशन नम्बर अनिवार्य पर्दछ । डीभी परे वा परेन भनेर हेर्न डीभी फारम भर्दाको कन्फर्मेशन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ । डीभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपुछहरू ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ ।

नेपालमा सोमबारदेखि शुक्रबारसम्म (बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म) सो केन्द्रमा फोन नं. १–८००–०९१–०११४ मार्फत सम्पर्क गर्न सकिने नेपालस्थित अमेरिकी दूताबासले जनाएको छ ।

यस्तै अमेरिकामा रहनेहरूले (७०३)९८८–३४२८ मा सम्पर्क गरी सोधपुछ गर्न सक्नेछन् । निवेदकहरूले support-nepal@ustraveldocs.com मा ईमेल गरेर पनि जानकारी लिन सकिने दूताबासले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ