काठमाडौँ र ललितपुरमा एमाले र राप्रपाको चुनावी तालमेलबारे छलफल

काठमाडौँ र ललितपुरमा एमाले र राप्रपाको चुनावी तालमेलबारे छलफल

  • मङ्लबार, बैशाख १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौँ, १९ वैशाख ।
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच स्थानीय तहको निर्वाचनमा काठमाडौँ र ललितपुर जिल्लामा तालमेल गर्ने विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष कमल थापाबीच सो विषयमा छलफल भएको हो ।

दुवै दलले आन्तरिक छलफल गरी उम्मेदवारीको टुङ्गो लगाउने तयारी गरेका छन् । एमालेले काठमाडौँ र ललितपुर महानगरपालिकामा हालसम्म आफ्नो उम्मेदवार तय गरेको छैन ।
सो पार्टीका सचिव योगेश भट्टराईले सोमबारको स्थायी कमिटीको बैठकले अध्यक्ष ओली र नेता माधवकुमार नेपाललाई सोबारेमा निर्णयमा पुग्न जिम्मेवारी दिएको बताउनुभयो ।

अध्यक्ष ओलीले अहिले काठमाडौँ र ललितपुर जिल्लाका नेता कार्यकर्तासँग तालमेलका विषयमा छलफल गरिरहनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ