डिआइजी सिलवालले दायर गरेको रिटमाथिको सुनुवाई स्थगित

डिआइजी सिलवालले दायर गरेको रिटमाथिको सुनुवाई स्थगित

  • मङ्लबार, बैशाख १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमान्डौ ,बैशाख १९ ।
प्रहरी महानिरिक्षक नियुक्ति विरुद्ध डिआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाई स्थगित भएको छ ।

निलम्बनमा पर्नु अघि तत्कालिन प्रधानन्यायधीश सुशीला कार्कीले उक्त रिटको सुनुवाई आजका लागि तय गर्नुभएको थियो । रिटमाथि सुनुवाईका लागि अर्को मिति समेत तय नरिगएको बताइएको छ ।

प्रहरी महानिरिक्षकमा प्रकाश अर्याल नियुक्त भएपछि सर्वोच्चको आदेश विपरित सरकारले निर्णय गरेको दाबी गर्दै सिलवालले गत चैत १९ गते रिट दायर गर्नुभएको थियो ।

कार्यसम्पादन मूल्यांकनमा प्रकाश अर्यालको भन्दा आफ्नो अंक बढी रहेपनि सरकारले बद्नियतपूर्वक अंक घटाएको सिलवालको दाबी छ । सरकारले भने सो रिटका साथ अदालतमा सिलवालले पेश गरेको कार्यसम्पादन मुल्यांकनको प्रतिलिपि फर्जी भएको दावी गरेको छ ।

नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट कार्यसम्पादन मुल्यांकन फाईलमा सिलवालले दस्तखत, अंक लगायतका विवरणमा किर्ते गरेको पुष्टी भएको भन्दै सरकारले प्रतिवेदन सर्वोच्चमा पेश गरिसकेको छ ।

आजको इजलासमा सर्वोच्चले लोकसेवा आयोग, गृहमन्त्रालय र प्रहरी प्रधान कार्यलयबाट मगाएको आर्यालको फाइल पनि खोल्ने बताएको छ ।

यसअघि सरकारले प्रहरी महानिरिक्षकमा जयवहादुर चन्दलाई गरेको नियुक्ती बदर गर्दै सर्वोच्चले बरिष्ठता तथा कार्यसम्पादन मुल्यांकनको आधारमा नियुक्त गर्न आदेश दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ