राप्रपाका मन्त्रीले प्रधानमन्त्रीलाई राजिनामा बुझाए , औपचारीक रुपमा सरकारबाट बाहिरिएको जानकारी

राप्रपाका मन्त्रीले प्रधानमन्त्रीलाई राजिनामा बुझाए , औपचारीक रुपमा सरकारबाट बाहिरिएको जानकारी

  • मङ्लबार, बैशाख १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ ,१९ वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकारबाट बाहिरिएकाबारे औपचारीक रुपमा जानकारी गराएको छ ।

आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगी पार्टी सचेतक दिलनाथ गिरीले प्रधानमन्त्री समक्ष पार्टीका सबै मन्त्रीको राजिनामा बुझाउनु भएको राप्रपाले जनाएको छ ।

सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएपछि असन्तुष्टी जनाउदै हिजो बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

दाहाल नेतृत्वको सरकारमा संसदको चौथो ठूलो दल राप्रपाका तर्फबाट उपप्रधानमन्त्री सहित ४ मन्त्री र २ राज्यमन्त्री सहभागी थिए । यद्यपी संसदमा ३७ सिट रहेको राप्रपा बाहिरिए पनि सरकार अल्पमतमा भने नपर्ने भएको छ ।

गच्छादार नेतृत्वको फोरम लोकतान्त्रिकको समर्थन कायम रहेका कारण बर्तमान सरकार अल्पमतमा नपर्ने बताइएको छ । राप्रपाले सरकारलाइ दिएको समर्थन फिर्ता लिएपनि स्थानीय निर्वाचन र संबिधान संशोधन विधेयक पारित गराउन भने सहयोग गर्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ