विद्यालय बन्द नगर्ने सहमतिका साथ प्रतिबद्धता

विद्यालय बन्द नगर्ने सहमतिका साथ प्रतिबद्धता

  • मङ्लबार, बैशाख १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

भद्रपुर, बैशाख १९ ।
निजी विद्यालयमा भएको शुल्क वृद्धि लगायत समस्याबारे केन्द्रीय सहमतिअनुसार अघि बढ्ने सरोकार भएकाहरूको प्रतिबद्धतापछि विद्यार्थी सङ्गठनले झापामा जारी राखेको विद्यालय बन्दलगायत कार्यक्रम फिर्ता लिएका छन् ।

संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा सोमबार साँझ सम्पन्न सर्वपक्षीय वार्तामा भएको सहमतिअनुसार आन्दोलनरत विद्यार्थी सङ्गठनले अनिश्चितकालीन विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका हुन् ।

आन्दोलरत विद्यार्थी सङ्गठन, स्थानीय शान्ति समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय, प्याब्सन, एनप्याब्सन झापाका प्रमुख तथा प्रतिनिधिबीचको वार्तामा पाँचबुँदे सहमति भएको थियो ।

सो सहमतिअनुसार आज बिहानदेखि निजी विद्यालय पुनः सञ्चालन हुने, शुल्कवृद्धिलगायत समस्याबारे केन्द्रीय सहमतिअनुसार अघि बढ्ने र सोको कार्यान्वयनमा जिशिकाले पहल गर्ने सहमति भएको छ ।

शैक्षिक क्षेत्रका अन्य समस्या समाधानमा विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण समितिले विद्यार्थी सङ्गठन, प्याब्सन, एनप्याब्सनसमेतको सहभागितामा अघि बढ्ने, मापदण्ड विपरीतका निजी विद्यालयलाई जिशिकाले तत्काल कारर्बाही प्रक्रिया अघि बढाउने र निजी विद्यालय, प्याब्सन, एनप्याब्सन, विद्यार्थी सङ्गठन र जिशिकाबीच कुनै असमझदारी भए संवादका माध्यमबाट सहमतिका साथ अघि बढ्नेसमेत प्रतिबद्धता जनाइएको छ ।

छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ