महोत्तरी, बैशाख १९ ।
देशमा दिगो शान्ति र मानव कल्याणार्थ महोत्तरी जिल्लाको बनौली गाउँमा काली मन्दिर निर्माण गरिएको छ ।
साबिक बनौली गाविस– ७ मा चार कठ्ठा पाँच धुर जग्गामा स्थानीयवासीले रु. १५ लाखको लागतमा मन्दिर निर्माण गरेको स्थानीय पत्रकार वैद्यनाथ चौधरीले बताएका छन् ।
मन्दिरमा पाँच फिट दुई इन्च अग्लो कालीको प्रतिमासमेत स्थापना गरी दुई दिनदेखि अष्टजाम, लखराम र सत्यनारायणको पूजाआजाको आयोजना गरिएको महाकाली मन्दिर निर्माण संरक्षण सम्बद्र्धन संस्था बनौलीका सचिव सुनिल ठाकुरले जनाएको छ ।
भारतबाट भारु. ८१ हजारमा कालीको प्रतिमा ल्याएर स्थापना गरिएको र आजदेखि मन्दिर सर्वसाधारणलाई पूजाआजाका लागि खुला गरिएको संस्थाका अध्यक्ष दयाकान्त झाले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline