चितवन, वैशाख १९ । नेपाल कम्युनिस्ट पार्टीले स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दर्ता नगर्न सम्पूर्ण राजनीतिक दलका नेता–कार्यकर्तालाई आग्रह गरेको छ ।
चितवन इन्चार्ज लालबहादुर बिसी र जिल्ला जनपरिषद प्रमुख मिनप्रसाद पोख्रेलले मंगलबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर जिल्लास्थित राजनीतिक पार्टीका नेता-कार्यकर्तालाई सो आग्रह गरेका हुन् ।
“कथित निर्वाचनको लागि भनिएको मनोनयन दर्तामा सहभागी नहुन जिल्लास्थित सम्पूर्ण दलका नेता–कार्यकर्ता र सबै महानुभावमा आग्रह गरिन्छ । साथै, निर्वाचनलाई सम्पूर्ण रुपमा सहयोग नगर्न सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछौँ” उम्मेदवारी दर्ता हुने समय पुग्नु केही समय पहिले जारी विज्ञप्तिमा उल्लेख छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
