बहुमूल्य यार्सागुम्बा व्यवस्थापन गर्न निर्देशिका जारी

बहुमूल्य यार्सागुम्बा व्यवस्थापन गर्न निर्देशिका जारी

  • मङ्लबार, बैशाख १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं, बैशाख १९ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यार्सागुम्बालाई व्यवस्थित गर्न ‘यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका–२०७३’ जारी गरेको छ ।

हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीलाई व्यवस्थित गराउनका लागि विभागको अग्रसरतामा वन तथा भूसंरक्षण मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट निर्देशिका जारी गरिएको विभागका सूचना अधिकारी नारायण रुपाखेतीले जानकारी दिएका छन् । यार्सागुम्बा पाइने संरक्षित क्षेत्रमा कञ्चनजङ्गा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, ढोरपाटन शिकार आरक्ष, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र अपी नाम्पा वन्यजन्तु आरक्ष क्षेत्र रहेका छन् ।

निर्देशिकामा यार्सागुम्बा टिप्नका लागि संरक्षित क्षेत्रभित्रका जनतालाई पाँच सय, संरक्षित क्षेत्र बाहिरका सोही जिल्लाका व्यक्तिलाई एक हजार र जिल्ला बाहिरकालाई दुई हजार राजस्व तिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

जेठको दोस्रो हप्तादेखि असार मसान्तसम्म पाइने यार्सागुम्बा टिप्नका लागि १६ वर्ष नाघेका व्यक्तिलाई मात्र स्वीकृति दिइएको छ भने सङ्कलन भएको यार्सागुम्बा बिक्री–वितरणका लागि सम्बन्धित कार्यालयको अनुमति लिनुपर्ने निर्देशिकामा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ