सर्वोच्चमा दायर महानिरिक्षक विवादसम्बन्धी रिटमा आज सुनुवाई हुँदै

सर्वोच्चमा दायर महानिरिक्षक विवादसम्बन्धी रिटमा आज सुनुवाई हुँदै

  • मङ्लबार, बैशाख १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाणडाै ,१९ बैशाख ।

प्रहरी महानिरिक्षकमा प्रकाश अर्याल नियुक्तिविरुद्ध डिआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज पूर्ण इजलासमा सुनुवाई हुँदैछ ।

प्रहरी महानिरिक्षकमा अर्याल नियुक्त भएपछि सर्वोच्चको आदेशविपरित सरकारले निर्णय गरेको दाबी गर्दै सिलवालले गत चैत १९ गते रिट दायर गर्नुभएको थियो ।

कार्यसम्पादन मूल्यांकनमा अर्यालको भन्दा आफ्नो अंक बढी रहेपनि सरकारले बद्नियतपूर्वक अंक घटाएको दाबी सिलवालको छ । सरकारले भने सो रिटका साथ अदालतमा सिलवालले पेश गरेको कार्यसम्पादन मुल्यांकनको प्रतिलिपि फर्जी भएको दावी गरेको छ । नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट कार्यसम्पादन मुल्यांकन फाईलमा सिलवालले दस्तखत, अंक लगायतका विवरणमा किर्ते गरेको पुष्टी भएको भन्दै सरकारले प्रतिवेदन सर्वोच्चमा पेश गरिसकेको छ ।

आजको इजलासमा सर्वोच्चले लोकसेवा आयोग, गृहमन्त्रालय र प्रहरी प्रधान कार्यलयबाट मगाएको आर्यालको फाइल पनि खोल्ने बताएको छ ।

यसअघि सरकारले प्रहरी महानिरिक्षकमा जयवहादुर चन्दलाई गरेको नियुक्ती बदर गर्दै सर्वोच्चले बरिष्ठता तथा कार्यसम्पादन मुल्यांकनको आधारमा नियुक्त गर्न आदेश दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ