काठमाडौं ,वैशाख १९।
सरकारबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले अाज प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज त्यसको औपचारिक जानकारी गराउँदैछ ।
प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता भएपछि िहजाे बसेकाे राप्रपाकाे कार्यसम्पादन समितिकाे बैठकले सरकारबाट बाहिरिने निर्णाय गरेकाे थियाे ।
बिहान १० बजे प्रधानमन्त्री दाहालसमक्ष पार्टीका सबै मन्त्रीको राजिनामा बुझाइने सो पार्टीका नेता किरण गिरीले जानकारी दिनुभयो । दाहाल नेतृत्वको सरकारमा राप्रपाका तर्फबाट उपप्रधानसहित ४ मन्त्री र २ राज्यमन्त्री सहभागी थिए ।
संसदमा ३७ सिट रहेको राप्रपा बाहिरिएपनि फोरम लोकतान्त्रिकको समर्थन कायमै रहेका कारण बर्तमान सरकार अल्पमतमा भने नपर्ने बताइएको छ । राप्रपाले सरकारलाइ दिएको समर्थन फिर्ता लिएपनि निर्वाचन र संबिधान संशोधनमा भने सहयोग गर्ने जनाएको छ ।