छानबिन समितिले सम्बन्धित कर्मचारीसँग बयान लियाे 

छानबिन समितिले सम्बन्धित कर्मचारीसँग बयान लियाे 

  • सोमवार, बैशाख १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ, १८ वैशाख । कक्षा १२ को परीक्षासम्बन्धी लापरबाही, अनियमितता र प्रश्नपत्र अभावका सम्बन्धमा शिक्षा मन्त्रालयले गठन गरेको तीन सदस्यीय छानबिन समितिले आज सम्बन्धित कर्मचारीसँग बयान लिएको छ ।

मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा हरि लम्सालको संयोजकत्वमा गठित सो समितिले आजबाट ती लापरबाही र अनियमिततामा संलग्न भएको आरोपमा राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कर्मचारीसँग बयान लिन सुरु गरेको हो ।

सो प्रकरणमा परीक्षा नियन्त्रक सन्तोषकुमार अर्याललाई निलम्बन गरी उपनियन्त्रक जयन्ती सत्याललाई निमित्तको जिम्मेवारी दिइएको छ ।

यही वैशाख १० गतेबाट सुरु भएको सो परीक्षाका कतिपय विषयका प्रश्नपत्रमा सन्दर्भ नमिल्ने प्रश्नहरु समावेश भएको र कतिपय केन्द्रमा प्रश्नपत्र अभाव पाइएको थियो । संयोजक लम्सालले समितिले यही वैशाख २० गते शिक्षामन्त्रीलाई प्रतिवेदन बुझाउने गरी काम गरेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी