माले उम्मेदवारमाथिको गोली काण्डमा हाम्रो संलग्नता छैनः बिसी

माले उम्मेदवारमाथिको गोली काण्डमा हाम्रो संलग्नता छैनः बिसी

  • सोमवार, बैशाख १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

चितवन ,८ बैशाख ।

नेपाल कम्युनिस्ट पार्टीका चितवन इन्चार्ज लालबहादुर बिसीले नेकपा (माले) उम्मेदवारमाथि गोलीकाण्डमा आफ्नो पार्टीको संलग्नता नभएको बताएका छन् ।

सोमबार एक जिज्ञप्ति जारी गर्दै बिसीले केही सञ्चारमाध्यमहरुले भरतपुर महानगरपालिका वडा नं.११ का अध्यक्ष उम्मेदवार कृष्ण कुमालमाथिको गोली काण्डमा आफ्नो पार्टीलाई जोडेर प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । बिसीले उक्त समाचार भ्रामक र कपोलकल्पित भएको बताएका छन् ।

“२०७४ बैसाख १७ गते भरतपुर महानगरपालिकाको ११ न.वडाका नेकपा मालेका तर्फबाट अध्यक्षका उम्मेदवार भएका कृष्ण कुमाललाई गोली हानेको घटना प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

२०७४ बैसाख १८ गतकोे अलाइन खबरमा ‘महाअभियोगपछि सेनाको आकस्मीक बैठक, सुरक्षा, सतर्कता अपनाउने’ शिर्षकमा उक्त घटनामा नेकपाको संलग्नता रहेको भन्ने समाचार भ्रामक, कपोलकल्पित मनगढन्ते भएको र उक्त समाचारप्रति हाम्रो पार्टीको तर्फबाट घोर भत्र्सना गर्दै समाचारको खण्डन गर्दछौ” विज्ञप्तिमा भनिएको छ ।

बैशाख १७ गते उम्मेदवार कुमालमाथि एक समूहले गोली हानी घाइते भएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ