राप्रपा कार्यसम्पादन समितिको बैठक जारी

राप्रपा कार्यसम्पादन समितिको बैठक जारी

  • सोमवार, बैशाख १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं १८ वैशाख

सरकारबाट बाहिरिने निर्णय गर्न सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधानन्याधीश सुशीला कार्कीमाथी लगाएको महाअभियोग प्रस्तावको बिरोध गर्दै सरकारबाट बाहिरिने जनाएको राप्रपाले सो निर्णय गर्न बैठक बोलाएको हो ।

यसअघि आज बिहान बसेको बैठकमा केन्द्रीय सदस्यहरूको बोल्ने क्रम नसकिएपछि साझ ५ बजेसम्मका ालगी बैठक स्थगित गरिएको थियो ।

पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा महाअभियोग प्रस्ताव , मुलुकको समग्र परिस्थिति, आगामी चुनावका सम्बन्धमा पार्नसक्ने प्रभाव लगायतका बिषयमा सदस्यहरुले धारणा राखिरहेको बताईएको छ ।

यसैबीच, राष्ट्रपति भण्डारी र उपप्रधान एवं संघीय मामिला तथा स्थानीय बिकास मन्त्री थापाबीच समसामयिक राजनीतिक घटनाक्रमबारे करिब एक घण्टा छलफल भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट भएलगत्तै राष्ट्रपति भण्डारीले अर्को सत्तारुढ घटक राप्रपा अध्यक्ष थापालाई शीतल निवास बोलाउनुभएको थियो ।

महाअभियोग प्रस्तावप्रति असन्तुष्टि जनाउदै सरकार छाड्ने चेतावनी दिएको राप्रपा अध्यक्ष र राष्ट्रपति भण्डारीबीच स्थानीय तह निर्वाचनमा देखिएको अन्योलबारे समेत कुराकानीको भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ