पश्चिमी वायुको प्रभावले देशैभर वर्षा, बुधवारबाट सुधार हुने

पश्चिमी वायुको प्रभावले देशैभर वर्षा, बुधवारबाट सुधार हुने

  • सोमवार, बैशाख १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, १८ वैशाख ।

पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भई आज देशभर बर्सात भएको छ ।

उक्त वायुको प्रभावले भारतको हरियाणाआसपास क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र र विहारदेखि उडिसासम्म न्यून चापीय रेखा विकास भएकाले त्यसको असर नेपालमा परेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।

हिजो आइतबारदेखि सुरु भएको यो प्रणालीको ‘मुभमेन्ट’ पूर्व्तिर गइरहेकोले भोलीदेखि मौसममा सुधार आउन उहाँले बताउनु भयो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोदेखि सुदूरपश्चिम र मध्यपश्चिममा मौसम सफा भएको र काठमाडौँ उपत्यकालगायत मध्य र पूर्वी भेगमा बेलुकीबाट क्रमिकः सुधार आउने श्रेष्ठले जानकारी दिनुभयो ।

पूर्वी नेपालमा भने मङ्गलबार पनि यसको असर रहनेछ । ती क्षेत्रमा दिउँसो मेघ गर्जनसहित पानी पर्ने मौसमविद् श्रेष्ठले बताउनुभयो । यो प्रणाली तीन÷चार दिनदेखि रहे पनि आइतबारदेखि यसको असर नेपालमा परेको हो ।

महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी सिमरामा १८, दाङमा १४, विराटनगरमा १० र काठमाडौँमा चार मिलिमिटर बर्सात भएको छ । अहिले काठमाडौँ उपत्यकाको तापक्रम १४ डिग्रिसेल्सियस रहेको छ ।

यसैबीच मुलुकको मौसमबारे जानकारी दिने निकाय मौसम पूर्वानुमान महाशाखाको वेबसाइट नै विगत केही दिनयता सञ्चालनमा छैन । सर्भरमा समस्या आएपछि चार दिनदेखि वेबसाइट नचलेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ