प्रज्ञा–प्रतिष्ठानमा दुई रुपैयाँदेखि पुस्तक पाइने

प्रज्ञा–प्रतिष्ठानमा दुई रुपैयाँदेखि पुस्तक पाइने

  • सोमवार, बैशाख १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, बैशाख १८ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान स्थापनाको ६० औँ वर्षगाँठका अवसरमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा दैनिक ३०० व्यक्तिले अवलोकन गरी ३० हजारभन्दा बढी पुस्तक खरिद गरिरहेका छन् ।

बैशाख ७ देखि २२ गतेसम्म चल्ने प्रदर्शनी यो वर्षभर प्रतिष्ठानले मनाइरहेको हीरक महोत्सवका अवसरमा आयोजना गरिएको हो । प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्म छुट दिइएको छ । नेपाली बृहत् शब्दकोशमा १५, २०६७ सालसम्म प्रकाशन भएका पुस्तकमा ६० र २०६८ सालदेखि हालसम्मका पुस्तकमा ४० प्रतिशत छुट दिइएको प्रतिष्ठानका प्रशासन प्रमुख ज्ञानहरि अधिकारीले बताएका छन् ।

उक्त प्रदर्शनीमा ‘माटोको ममता’ र ‘महेन्द्र प्रवचनमाला’ पुस्तकको मूल्य दुइ रुपैयाँ मात्र रहेको छ । भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, कविता, प्रज्ञा र समकालीन साहित्यलगायत विधाका पुस्तक प्रदर्शनीमा राखिएको छ ।

वि.सं २०३० देखि २०७३ सालसम्म प्रकाशन भएका पुस्तक प्रदर्शनीमा राखिएको बजार व्यवस्थापक सुधीर ढुङ्गेलले बताए । प्रतिष्ठानले वि.सं २०१५ मा संस्कृत साहित्यका महाकवि कालीदासको ‘रघुवंश महाकाव्य’, सोमनाथ सिग्देलको ‘सिद्धान्त कौमुदी’, कुलचन्द्र गौतमको ‘राघवालङ्कर’ जस्ता पुस्तक पनि प्रतिष्ठानले प्रकाशन गरिएको थियो ।

दिनेशराज पन्त र विष्णु प्रभातले संयोजन गरेको ‘दर्शनावली भाग ३’, डा रिना तुलाधरको ‘नेपालमा थेरवाद बुद्ध धर्म एक अध्ययन’, डा अमर गिरीको संयोजनमा ‘काव्य विमर्श’ र ‘नेपालका जातीय संस्कार खण्ड १, २ र ३’ जस्ता हजारौँ पुस्तक प्रतिष्ठानले प्रकाशन गरेको छ । वि.सं २०१४ असार ९ गते प्रतिष्ठानको स्थापना भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी