काठमाडौंमा नक्सा पास गर्दा अनलाइनबाटै हस्ताक्षर

काठमाडौंमा नक्सा पास गर्दा अनलाइनबाटै हस्ताक्षर

  • सोमवार, बैशाख १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, बैशाख १८ ।
काठमाडौं महानगरपालिकामा बस्ने नागरिकलाई थप सुविधा दिन उद्देश्यका साथ काठमाडौं महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने तयारी भएको छ । गत साउनदेखि नै अनलाइनबाट नक्साको काम हुने गरेको भए पनि नक्सा पास गर्नेको हस्ताक्षर भने हातले गर्नुपर्ने भएको थियो ।

अन्य प्रक्रिया पूरा भएपछि नक्सा पास गर्ने कर्मचारीले हातले हस्ताक्षर गर्नुपर्ने अवस्था रहेकामा अब त्यस किसिमको अवस्था नआउने काठमाडौं महानगरपालिका इन्जिनियर राम थापाले बताउका छन् । यस व्यवस्था भएसँगै काठमाडौं महानगरपालिका नगरवासीलाई थप सुविधा पुग्ने विश्वास गरेको छ ।

यसअघि नक्सा पासको सबै काम अनलाइनबाट भए पनि हस्ताक्षर हातले हुने हुँदा अन्तिम समयसम्ममा नक्सा पास गराउने व्यक्ति काठमाडौं महानगरपालिका कार्यलयमा आउनुपर्ने थियो, अब नगरवासी यस किसिमको झन्झटबाट मुक्त भएका छन् । घरबाट नै नक्सा पासका लागि दर्ता र पास भएको नक्सा लिन पाउनेछन ।

इन्जिनियर थापाका अनुसार यो प्रक्रिया अघि बढाउनका लागि नीतिगत निर्णय भइसकेको छ केही प्राविधिक समस्या समाधान हुनेबित्तिकै छिट्टै काम सुरु हुने जनाएको छ ।

यससँगै काठमाडौं महानगरपालिकाले भवन निर्माणका लागि महानगरमा आएर नक्सा पास गर्ने र नक्साअनुरूप निर्माण कार्य नगर्ने पाएपछि नियमित अनुगमनका लागि आफ्ना इन्जिनियरलाई नै हरेक दिन निर्माणस्थलमा खटाउन सुरु गरेको छ ।

यसरी निर्माणको समयमा नक्सा विपरीत काम भएको पाइएमा तत्काल रोक्ने तथा अन्य कारबाहीको प्रक्रियाअघि बढाइने काठमाडौं महानगरपालिकाले नगरवासीलाई चेतावनीसमेत दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ