बेनी–जोमसोम र चीनसँग जोड्ने कोरला नाकाका सडकमा पुल निर्माण सुरु

बेनी–जोमसोम र चीनसँग जोड्ने कोरला नाकाका सडकमा पुल निर्माण सुरु

  • सोमवार, बैशाख १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

म्याग्दी, बैशाख १८ ।
म्याग्दीको सदरमुकामदेखि मुस्ताङ हुँदै चीनको सीमा क्षेत्र कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकमा चार वटा पक्की मोटरेबल पुल निर्माण कार्य सुरु भएको छ ।

दानाको घट्टेखोला, मुस्ताङ घाँसाको खहरेखोला, मार्फाको स्याङखोला र कागबेनी खोलामा पक्की मोटरेबल पुल निर्माण सुरु भएको हो । यी स्थानमा मोटरेबल पुल नहुँदा खोलामा बाढी आउँदा सडक अवरुद्ध हुने गरेको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गतका मोटरेबल पुल निर्माण कार्य सडक डिभिजन कार्यालय बाग्लुङले ठेक्का प्रक्रिया अघि बढाएको थियो । चार वटा पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग २४ करोड ८८ हजार ३०२ मा ठेक्का सम्झौता भएको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका लेखा अधिकृत कर्णबहादुर बोहोराले बताए ।

चारवटै पुल निर्माणका लागि सम्झौता गरेका निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएका छन् । दानाको घट्टे खोलामा फेवा नयाँबाटो जेभीले पाँच करोड ७६ लाख ८० हजार ५५६ र घाँसाको खहरेखोला सिरुवा कन्ट्रक्सनले पाँच करोड ९२ लाख २९ हजार १०५ मा ठेक्का सम्झौता गरेका छन् ।

यसैगरी मार्फाको स्याङखोलाको ११५ मिटर लामो पुल निर्माणका लागि मुक्तिनाथ श्रीगीता जेभीले नौ करोड ५१ लाख १९ हजार १३७ र कागबेनी खोलाको पुल बनाउन गभाला रफिना जेभी काठमाडौंले दुई करोड ८८ लाख ५१ हजार ५०४ मा ठेक्का सम्झौता गरेका छन् । चारवटै पुल २०७५ सालभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

बेनीदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाकालाई जोड्ने १८६ किलोमिटर दूरीको सडक स्तरवृद्धिका लागि सडक विभागले बेनी–जोमसोम–कोरला सडक आयोजना सञ्चालन गरेको छ । ७६ किमी दूरीको बेनी–जोमसोम सडकलाई कालोपत्र र ११० किमी दूरीको जोमसोम–कोरला सडक स्तरवृद्धि गर्न लागिएको आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिएका छन् ।

उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको म्याग्दी–मुस्ताङखण्डको काम गर्न सञ्चालित आयोजनाले जोमसोम कोरलाखण्डमा सात र बेनी जोमसोमखण्डमा चार वटा प्याकेजमा स्तरवृद्धिको काम अघि बढाएको छ ।

सडक स्तरवृद्धि र कालोपत्रसँगै हाल रहेका बेलिब्रिजलाई विस्थापित गरेर पक्की मोटरेबल पुल निर्माण गरिने भएको छ । बेनी–जोमसोमखण्डमा सात वटा बेलिब्रिज छन् भने जोमसोम कोरलाखण्डका खोलामा पुल नहुँदा मौसमी रूपमा यातायातका साधन सञ्चालन हुने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ