भरतपुरमा प्रहरीको फायरिङ तालिम भइरहँदा स्थानीयलाई गोली लाग्यो

भरतपुरमा प्रहरीको फायरिङ तालिम भइरहँदा स्थानीयलाई गोली लाग्यो

  • आइतवार, बैशाख १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

भरतपुर, वैशाख १७।  

भरतपुर महानगरपालिका ११ बसेनीमा प्रहरीको फायररिङ तालिम चलिरहेको बेला आइतबार गोली लागी एक स्थानीय घाईते भएका छन् । प्रहरीका अनुसार नवजागृती सामुदायीक बनमा घाँस काट्न गएका ग्याल्वाटोलका ५२ वर्षिय कृष्ण कुमाललाई अपरान्ह गोली लागी घाईते भएका हुन् । प्रहरीको फायरिङ तालीम चलिरहेको बेला नजिक पुगेका कुमाललाई गोली लागेको प्रहरीले जनायो ।

भरतपुर ११ बसेनी तर्फको जंगलमा प्रहरीको तालिम चलिरहेको अवस्थामा गोली लागेको जिल्ला प्रहरीका एसपि दिपक थापाले बताए ।

‘बसेनी फायरिङ रेन्जमा जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको प्रहरी जवान आधारभुत तालिम प्रथम समूहको एसएलआर राईफलबाट फायरिंङ चलिरहेको थियो,’ उनले भने, ‘त्यही बेला नजिक पुगेका बेला घट्ना भएको हो । कुमाल पूर्व प्रहरी असई हुन् ।’

उनको बायाँ कोखाको गोलि लागेको एसपी थापाले बताए । उनको छाला छेडेर गोली भित्र अड्केको छ । घाइते कुमाललाई नारायणी सामुदायीक अस्पताल लगिएको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनायो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ