काठमाडौं, बैशाख १७ ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिनुभएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने निर्णयप्रति आपती जनाउदै आज साझ उहाँले पदबाट राजिनामा दिनुभएको हो ।
सत्तारूण दल नेपाली कांग्रेस र माओवादी केन्द्रले पार्टी नेतृत्वले आफ्नो मन्त्रालय मातहतको प्रहरी प्रमुख नियुक्तिको प्रकरणलाई लिएर प्रधानन्यायाधीश कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णय प्रतिआपत्ती जनाउँदै पदबाट राजीनामा दिनुभएको जनाईएके छ । महाभियोगमा हस्ताक्षर गरेका विमलेन्द्र निधिले महाभियोग पत्रबाटसमेत हस्ताक्षर फिर्ता लिनुभएके छ ।
आफ्नो मन्त्रालयसँग जोडिएको आइजी प्रकरणको विषयलाई लिएर प्रधानन्यायाधीशविरुद्ध जुन महाअभियोग प्रस्ताव दर्ता गरियो यसमा मेरो असहमति छ,त्यसैले मैले पदबाट राजीनामा दिएको हुँ’, निधिको भनाई छ ।
राजीनामाको विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोनबाट जानकारी गराइसकेको निधिले बताउनु भयो ।
प्रधानमन्त्रीलाई सम्बोधन गरेर लेखिएको आफ्नो राजीनामा पत्रमा संविधानलाई सर्वस्वीकार्य बनाउँदै हिमाल, पहाड र तराईरमधेसको संविधान बनाउन सधैँ सक्रिय र क्रियाशील रहने उल्लेख गरेको उहाँको भनाई छ ।