अब अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गर्न सकिने

अब अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गर्न सकिने

  • आइतवार, बैशाख १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, बैशाख १७ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्र्तगत केन्द्रीय पञ्जीकरण विभागले अनलाइनमार्फत व्यक्तिगत घटनाहरू दर्ता गर्ने काम तीव्र गतिमा सञ्चालन गरेको छ ।

विभागले जन्म, मृत्यु, बसाइँसराइँ, सम्बन्धविच्छेद र विवाह प्रणालीलाई व्यवस्थित बनाउनका लागि अनलाइनमार्फत घटनाहरू दर्ता गर्ने कामलाई तीव्रता दिएको विभागका महानिर्देशक अनिलकुमार ठाकुरले बताएका छन् ।

देशका सबै स्थानीय तहमा अनलाइनमार्फत व्यक्तिगत घटनाहरू दर्ता गर्नका लागि कर्मचारीलाई विभागले तालिम दिइरहेको छ । उनकाअनुसार स्थानीय तहमा रकम वितरण गर्न सहज होस् भनेर सबै रेकर्डहरू कम्युटरमार्फत राख्न सबै स्थानीय तहमा तालिम दिने काम गरिरहेको जनाएको छ ।

विभागले काठमाडौं उपत्यकाभित्र ललितपुर जिल्लाका तीन वटा गाउँपालिकामाबाहेक सबै वडा कार्यालयबाट अनलाइनमार्फत व्यक्तिगत घटनाहरू दर्ता गर्ने काम गरिरहेको छ । वि.सं २०७१ असोजमा स्थापित विभागले सोही वर्षको माघदेखि काठमाडौंमा अनलाइनमार्फत घटना दर्ताको काम सुरुआत गरेको थियो ।

विभागका महानिर्देशक ठाकुरले स्थानीय तहको संरचनासँगै सबै नगरपालिका तथा वडामा सेवा दिन यहीँ बैशाखदेखि तीव्र गतिमा काम गरिएको छ भने हालसम्म छ सय ८७ वटा कार्यालयमार्फत उक्त काम भइरहेको बताए ।

विभागले सबै महानगरपालिकालाई आगामी जेठ मसान्तभित्र व्यक्तिगत घटनाहरूलाई अनलाइनमार्फत सञ्चालन गर्न निर्देशनसमेत दिइसकेको छ । यस्तै उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको केन्द्रीय कार्यालयमार्फत जेठ १५ सम्म सेवा दिन निर्देशन दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ