कलैया, बैशाख १७ ।
बारा जिल्लाका सुवर्ण गाउँपालिका–२ कवही गोठमा बालविवाह भइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाराको एक प्रहरी टोलीले बेहुलालाई पक्राउ गरी बेहुलीलाई संरक्षणमा लिएको छ ।
साबिक बलिरामपुर–९, हाल कलैया उपमहानगरपालिका–१३ छोटकी फूलबारी बस्ने २५ वर्षीय रामनरेशप्रसाद यादव र साबिक कवही गोठ–६, हाल सुवर्ण गाउँपालिका–२ बस्ने करिब १२ वर्षीया बालिकासँग निजकै घरमा शुक्रबार राति १० बजे विवाहको तयारी भइरहेको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुग्दा दुबै पक्षका अभिभावक फरार प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले आज एक पत्रकार सम्मेलन गरी जनाएको छ ।
बेहुलालाई मुलुकी ऐन विवाहवारी महल अनुसार कारबाही गरिने पनि जनाएको छ । फरार भएका अभिभावक र उक्त बालविवाहमा संग्लन भएका पण्डितको खोजी कार्य जारी रहेकोे प्रहरी उपरीक्षक उप्रेतीले बताएका छन् ।