दल दर्ताको तयारीका लागी राजपाको बैठक बस्दै

दल दर्ताको तयारीका लागी राजपाको बैठक बस्दै

  • शनिबार, बैशाख १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ ,१६ बैशाख ।

तत्कालिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध ६ दलको एकिकरणपछि बनेको राष्ट्रिय जनता पार्टीको कार्यदल बैठक आज बस्दै छ ।

निर्वाचन आयोगमा दल दर्ता र केन्द्रिय समिति बैठकको तयारीका लागी आज कार्यदल बैठक बस्न लागेको राजपाका नेता मनिष कुमार सुमनले जानकारी दिनुभयो ।

थापागाँउ स्थित तत्कालिन सद्भावनाको पार्टी कार्यलयमा दिउसो १ बजे बस्ने बैठकमा निर्वाचन आयोगमा दल दर्ताको तयारी, एकिकृत पार्टीको आगामि राजनैतिक एजेण्डा र केन्द्रिय समिति बैठकको तयारी लगायतका बिषयमा छलफल हुने छ ।

स्थानिय तहको निर्वाचनमा जाने तयारी स्वरुप राजपाले दल दर्ता गर्न लागेको हो । त्यसका लागी राजपाले गत बुधबार निर्वाचन आयोग पुगेर दल दर्ता र चुनाव चिन्हको माग सहितको पत्र बुझाईसकेको छ ।

सरकारसँग भएको सहमती सँगै निर्वाचनमा जान लागेको भएपनि संबिधान संसोधनको बिषयलाई भने रष्ट्रिय जनता पार्टीले आफ्नो बटमलाई बनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ