ज्ञवालींद्वारा लिखित‘संघर्षको बाटो’ कथा सङ्ग्रह छलफल

ज्ञवालींद्वारा लिखित‘संघर्षको बाटो’ कथा सङ्ग्रह छलफल

  • शुक्रबार, बैशाख १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौँ, १५ वैशाख ।

समालोचक डा ऋषिराज बरालले नेपाली साहित्य कम पढिन थालेको बताउनुभएको छ ।

कथाकार डा भगवानचन्द्र ज्ञवालीको कथासङ्ग्रह ‘सङ्घर्षको बाटो’को समीक्षा कार्यक्रममा डा बरालले पुराना स्रष्टाले पनि साहित्य सिर्जना कम पढ्न थालेको टिप्पणी गर्दै भन्नुभयो, “अहिले सामाजिक सञ्जालमा सतही सिर्जना राखेर वाहीवाही बटुल्ने प्रवृत्ति हाबी भएको छ । गम्भीर साहित्य लेखनमा पनि कमी आएको छ । सामाजिक सञ्जालको होहल्लाले साहित्यलाई सस्तो लोकप्रियतामा सीमित बनाएको छ ।”

उपप्राध्यापक रजनी ढकालले ज्ञवालीका कथाका विषयवस्तु उच्च कोटिको भए पनि महिलालाई हेर्ने दृष्टिकोण तथा महिला र पुरुषबीचको परम्परागत धारणा कथामा देखाइएको टिप्पणी गर्नुभयो ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले साहित्यमा गम्भीर अध्ययन हुन बाँकी रहेकाले समय समयमा विभिन्न विचारधाराका साहित्यबीचमा अन्योलको स्थिति आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली र अङ्ग्रेजी भाषाका अध्येता कथाकार ज्ञवालीले सशस्त्र द्वन्द्वको समयलाई लिएर लेखिएकाले पढ्नु आवश्यक छ ।”

साहित्यकार खेम थपलियाले प्रगतिवादी साहित्यिक धारणाले समाजमा सशक्त प्रभाव पार्ने भए पनि नेपालका कम्युनिस्ट नेताले त्यसलाई प्रतिकूल बनाएको आरोप लगाउनुभयो । “साहित्य कसका लागि लेखिएको हो भन्ने स्पष्ट भएर मात्र साहित्यकारले कलम चलाउनुपर्छ । त्यसो भएमा मात्र लेखनको उद्देश्य प्राप्ति हुन्छ”, उहाँले भन्नुभयो ।

साहित्यकार पूर्ण विरामले नयाँ पुस्ताले साहित्य कम पढ्न र लेख्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । कथाकार डा ज्ञवालीले आफ्ना पुराना रचनालाई समेटेर सङ्ग्रहका रुपमा ल्याइएको बताउनुभयो । केही दिनअघि बजारमा आएको उक्त सङ्ग्रहमा १७ कथा समाविष्ट छन् ।

 

कार्यक्रम सञ्चालक वैरागी जेठाले आमा कविता पढेर सुरु गर्नु भएको थियो भने बीचमा गोविन्द नेपाल र अन्तिममा कवि पूर्णबिरामले कविता वाचन गरेपछि कार्यक्र सम्पन्न भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी