आगलागी हुँदा चार बस जलेर नष्ट

आगलागी हुँदा चार बस जलेर नष्ट

  • शुक्रबार, बैशाख १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

पोखरिया(पर्सा), १५ वैशाख । विद्युत् प्रवाह हुँदा वीरगन्ज उपमहानगरपालिका अस्थायी प्रहरी चौकी बसपार्कस्थित रहेको नन्दी गाडी ग्यारेजमा आगलागी हुँदा चार बस जलेर नष्ट भएका छन् ।

राखिएका तीन नयाँ बस र एउटा पुरानो बसमा आगलागीमा परेको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले जानकारी दिनुभयो ।

बारा र पर्साबाट आएको वारुण यन्त्र र स्थानीय प्रहरी प्रशासनको सहयोगमा करिब दुई घन्टापछि आगो नियन्यत्रणमा लिन सफल भएको स्थानीय बासिन्दा विनोद साहले बताउनुभयो ।

वीरगन्ज उपमहानगरपलिकामा तीन वारुण यन्त्र भए पनि आगलागी हँुदा एक वटा मात्र बारुण यन्त्र आएको हुनाले आगो नियन्त्रण गर्नमा ढिलाइ भएको हुँदा स्थानीय बासिन्दा आक्रोशित भएका छन् । आगलागी के कारणले भएको हो भन्ने थाहा हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ