काठमाडौं, बेशाख १५ ।
नेपालमा आँखा उपचारका क्षेत्रमा नवीनतम प्रविधि भित्राउदैँ काठमाडौंको कलङ्कीमा ‘दृष्टि आइ केयर केन्द्र’को स्थापना गरेको छ ।
वरिष्ठ नेत्र विशेषज्ञ डा. रामप्रसाद पोखरेल, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्तरूपमा शुभारम्भ गरेका छन् ।
यस केन्द्रले मोतिविन्दुको बिना इन्जेक्सन अत्याधुनिक प्रविधिद्वारा शल्यक्रिया गर्ने, आँखाको नानी प्रत्यारोपण गर्ने, डेढो आँखामा रहेको रेटिना (पर्दा)को शल्यक्रिया गनुका साथै, आँखाबाट पिप बगिरहने समस्या तथा मासु पलाएको निकाल्ने जस्ता सेवा उपलब्ध गराउने जनाएको छ ।
यस केन्द्रले अमेरिकी प्रविधिको उपयोग गर्दै अनलाइन प्रविधिबाट समेत उपचार बारे जानकारी दिने प्रबन्ध मिलाएकोे जनाएको छ । आँखा विशेषज्ञहरूको सक्रियता स्थापना गरिएको दृष्टि आइ केयर सिस्टमलाई नै थप प्रविधिमा विस्तार गरी सो केन्द्रको स्थापना गरिएको हो ।
केन्द्रका कार्यकारी निर्देशक डा. भाइराजा श्रेष्ठले गुणस्तरी आँखा उपचारका लागि यस केन्द्रको विस्तार गरिएको जनाएको छ ।